कामना सेवा र अल पसलबीच सम्झौता

कामना सेवा र अल पसलबीच सम्झौता

काठमाडौं, साउन २०
कामना सेवा विकास बैंक र अल पसल पब्लिकबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकका अनुसार आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आय आर्जन वृद्धिका लागि उक्त सम्झौता भएको हो । सम्झौतामा कामनाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसल पब्लिक लिमिटेडको तर्फबाट अध्यक्ष झविन्द्र पन्थीले हस्ताक्षर गरेका हुुन् ।

सम्झौताअनुसार बैंकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको मापदण्डको अधीनमा रही अल पसल पब्लिक लि.मा आबद्ध व्यवसायीहरूलाई सहुलियतपूर्ण कर्जा प्रदान गरी उनीहरूको आर्थिक तथा सामाजिक विकासमा टेवा पु-याउने प्रमुख लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी दिएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie