सञ्चारकर्मी राजकुमार र मुनाको चाड पर्व दोहोरी साहिंला साहिंली सार्वजनिक

सञ्चारकर्मी राजकुमार र मुनाको चाड पर्व दोहोरी साहिंला साहिंली सार्वजनिक

काठमाडौं, साउन १५

नेपाली सञ्चार क्षेत्र र लोकदोरी गायनमा कृयाशील राजकुमार रायमाझी र गायिका मुना रोकाको आवाजमा चाड पर्व विशेसलाई लक्षित गरेर तयार पारेको चाडपर्व लोकदोहोरी गीतको म्युजिक भिडियो साहिंला साहिंली बजारमा सार्वजनिक भएको छ ।

पञ्चामृत म्युजिक एण्ड पिल्म्सको प्रस्तुती रहेको यो गीतको लय तथा शव्द राजकुमारकै रहेको छ । लक्षुप्रकास मल्लको म्युजिक एरेन्ज रहेको यो गीत विग परिवेश स्टुडियोमा रेकर्ड भएको हो भने यस गीतको रेकर्ड तथा मिक्सिङ मनोज डंगोलको रहेको छ ।

अति नै रमणियस्थल ललितपुरमा छायाङ्कन गरिएको यो गीतको म्युजिक भिडियोमा कर्मा लामा घिसिङ,सविता भुजेल,गायत्री राना लगायतका कलाकारहरुको अभिनय रहेको छ भने यस म्युजिक भिडियोलाई विनोद तामाङले क्यामेरामा कैद गरेका हुन् भने सम्पादन उत्तम गुरुङको रहेको छ । यस गीतको निर्देशन गायक राजकुमारकै रहेको छ भने गीतलाई राजकुमार रायमाझी युट्युव च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ ।

सवैका घर आँगनमा चाड पर्वको प्रवेश हुने क्रममा छ तर विश्व महामारी कोरोनाले गर्दा सवैलाई आँसुको तालमा पारेको छ । यो दुखको अवस्थामा पनि मनमा पिर चिन्ता नलिइकन सर्वै हाँसीखुसी चाडपर्व मनाउ । आफ्नो क्षमतालाई हेरे चाड पर्व मनाउ । यस्तो विसम परिस्थितिमा दुख भन्दा पनि हाँसेर नाँच्न र वाँच्न सिक्न पर्छ भन्ने सन्देश पनि बोकेको छ ।

प्रतिकृया दिनुहोस


Techie