उदाउँदो रुपमा कलाकार प्रविण

उदाउँदो रुपमा कलाकार प्रविण

काठमाडौं,साउन १९

नायक प्रविण एन.वी.ले वंश नामक टेली-चलचित्र पहिलो कलाकारिता यात्राबाट नै सफलताको चलचित्रबाट आफ्नो कलाकारिताको यात्रा शुभारम्भ गरेर अहिले सम्म आइपुग्दा कलाकारिता यात्रालाईृ अझै माथिल्लो उचाइमा पु-याउन सफल भएका छन् ।

स्थायी घर दाङ भएका यी प्रतिभावान कलाकार प्रविनले प्रविनले पहिलो कला-यात्रा वंशबाट नै सफलताको स्वाद चाखेपछि उनलाई अझै कलाकारितामा लाग्नमा पे्ररिता गरायो ।
त्यसपछि उनको कला यात्राले अझ नयाँ गती लिन थाल्यो । त्यसका लगत्तै टेली सिरियल तातो न छारो मा खेल्ने अवसर पनि पाए ।

काठमाडौंमा पेशा व्यावशाय गरेर आफ्नो जिवन यापन गरेका प्रविन आफूलाई यो क्षेत्रमा लागि पर्नमा घर परिवार र राजन भाइको पनि ठूलो सहयोग पुगेको बताउँछन् ।
नायक सुसिल क्षेत्री र कलाकार तथा निर्माता दिनेश शर्मासँग चलचित्र धनवानमा अभिनय गरेपछि उनको चर्चा झै बढ्न गएकोमा उनी दङ्ग छन् । धनवानको लगत्तै अनि विर वहादुर दङ्ग छ मा पनि आफ्नो कौशलता देखाइसकेका छन् । त्यसपछि गहना चलचित्रसँग पनि उनको नाता गाँसिन पुग्यो ।

चलचित्रमा अभिनय गर्दागर्दै विभिन्न म्युजिक भिडियोमा पनि आफ्नो प्रतिभा देखाएका यीनले राजेशपायल राइले गाएको निष्ठरी, देवि घर्तीले गाएको लोकदोहोरी लगायत अन्य गीतहरुमा पनि आफ्नो अभिनय देखाइसकेका यिनी अव केही समयपछि छायाङ्कन शुरु हुने चलचित्र सेवकमा पनि अनुवन्ध भइसकेको खुलासासमेत गर्छन् ।

प्रतिकृया दिनुहोस


Techie