अमृत आचार्य र सिर्जना हुमागाईंको आवाजमा चितामा दागबत्ति

अमृत आचार्य र सिर्जना हुमागाईंको आवाजमा चितामा दागबत्ति

काठमाडौं,साउन २०

मौलिक लोकदोहोरी गाएर आफ्नो सांगीतिक यात्रा अगाडी बढाईरहेका गायक अमृत आचार्य र सुमधुर स्वरकी धनि गायिका सिर्जना हुमागाइको आवाजमा सजिएको अति नै मर्मस्पर्शी लोकदोहोरी गीत चितामा दागबत्ति  आएको छ ।

अमृतले यस अघि मलाई माया गर्छयौ कसरी, पछुतो, दशैं आउँदा हुन्छ के गरौँ, मेरो को छ र, लगाएतका गीतहरु बजारमा ल्याइसकेका छन् भने गायिका सृजनाले पनि दर्जनौं गीतमा आवाज दिइसकेकी छिन्। कला यात्राको सफलताको स्वाद चाख्दै अगाडी वढिरहेका यी गायक गायिकाको आवाजमा चितामा दागबत्ति पछिल्लो प्रस्तुति हो । यस पटक बजारमा आएको गीतमा , यदि म अकालमा नै मृत्युको मुखमा पुगेछु भने आँशु नझार्नु, सकिन्छ भने फेसबुकको भित्तामा फोटो राखेर श्रद्धान्जली दिनु भन्ने किसिमको भाव समाबेश गरिएको छ ।

निकै घत लाग्दो भावमा तयार भएको यस भाकालाई अमृत आचार्य माइला गुरु र सिर्जना हुमागाईंको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द शिशिर शर्माको हो भने यस गीतको म्युजिक भिडियोमा अमृत आचार्य माइला गुरु, शिशिर शर्मा, रीतिका अर्याल र बाल कलाकारहरु आयुष आचार्य, अश्मिता आचार्य, मनिषा पुलामी मगरको अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ ।

गीतको म्युजिक भिडियोमा दमको रोगबाट मृत्यु भएका एक आफन्तको वियोग उतारिएको छ । भिडियोलाई निर्देशन प्रकाश क्षेत्रीले गरेका हुन् भने छायांकन जयन्द्र रावल र सम्पादन मिडिया पिक्चर्स नेपालले गरेको छ ।

प्रतिकृया दिनुहोस


Techie