सरकारविरुद्ध दोलखामा प्रदर्शन !

सरकारविरुद्ध दोलखामा प्रदर्शन !

काठमाडौ जेठ ३२
सरकार विरुद्ध युवाहरुले दोलखाको सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन् । ईनअफ ईज इनअफ क्याम्पेन अन्र्तग युवाहरुले आईतबार दिउसो १ बजेदेखी २ बजेसम्म शान्तिपूर्ण रुपमा प्रर्दशन गरेका हुन् ।

उनीहरुले ‘जनताले कुर्सीमा बस्न भोट दिने, सरकारले क्वारेन्टाईनमा बस्न चाँही गोठ दिने’, ‘कार्पेट त फेरियो, अव सोच पनि फेर्ने की’, ‘पिसिआर किनौं, कार्पेट होईन’, ‘हात नमिलाउँ सरकार, कोरोना सर्छ’, ‘१० अर्व खोई’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

तस्वीर : निकेश श्रेष्ठ/अर्जुन जिम्बा/ निमेश कायस्थ

प्रतिकृया दिनुहोस


Techie