बिर गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता नहुने

बिर गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता नहुने

काठमाडौं,साउन ७
गत चैतमा हुने तय भएको नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता यस वर्ष नहुने भएको छ। आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता रद्द गरिएको जनाएको छ।

चैत १८ देखि २२ गतेसम्म काठमाडौंमा हुने तय भएको प्रतियोगिता कोरोना भाइरसको महामारी र राष्ट्रिय खेलकुद परिषद्ले पनि आर्थिक वर्ष समाप्त भएकाले प्रतियोगिताका लागि निकासा गरेको रकम फिर्ता गर्न ताकेता गरेकाले रद्द गरिएको प्रतियोगिताका संयोजक सञ्जीव तुलाधरले जारी गरेको विज्ञप्तिमा बताईएको छ।

प्रतियोगिताको लागि गत फागुनमै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको छनोट गरिसकेको थियो।प्रतियोगितामा महिलामा ६ र पुरुषतर्फ आठगरी १४ तौल समूहमा प्रतिस्पर्धा गर्न लागिएको थियो। हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुँपैया नगद पुरस्कार प्रदान गरिन लागिएको थियो। यस्तै प्रतियोगितामा उत्कृष्ट हुने पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले बताएको थियो।

प्रतिकृया दिनुहोस


Techie