अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भन्दै रकम ठगी

अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भन्दै रकम ठगी

काठमाडौं, साउन २०
नेपालको कम्पनीलाई अमेरिकामा दर्ता गरिदिन्छु भन्दै ठगी गर्ने गरेको पाईएको छ । नेपालको कम्पनीलाई अमेरिकामा दर्ता गरी पार्टनर बनाउने भन्दै नेपाली नागरिकलाई ठगी गरेको अभियोगमा प्रहरीले अमेरिकी नागरिक ६५ वर्षीय ड्यानियल ली मेस्गीलाई पक्राउ गरेको छ । मेस्गीले काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित भक्तपुर सूर्यविनायक नगरपालिका ६ घर भएका टुकनारायण श्रेष्ठको एटलास सेक्युरिटी प्राइभेट लिमिटेडलाई अमेरिकामा दर्ता गरी पार्टनर बनाउँछु भनी १० लाख रूपैयाँ ठगी गरेका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie