नेपालमा थप २५९ जनामा कोरोना संक्रमण २१ हजार ९ पुगे संक्रमित

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण २१ हजार ९ पुगे संक्रमित

काठमाडौं,साउन २०
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा मंगलबार थप २५९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । उपत्यकामा ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् ।

आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।विगत २४ घण्टामा पीसीआर विधिबाट ७,६८७ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।सो अवधिमा ६५ जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५,००० नाघेको छ।

अहिले देशभरि विभिन्न स्थानमा १०,४०० भन्दा केही बढी मानिसहरू क्वारन्टीनमा छन्। पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस


Techie