जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं,साउन २०

कास्कीको पोखरा महानगरपालिका-२६ बस्ने ४१ बर्षीय पुरुषलाई आफ्नै १३ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कैलालीको कैलारी गाउँपालिका-९ बस्ने २२ बर्षीय बिकाश भन्ने निरज चौधरीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई साउन १६ गते जबरजस्ती करणी गरी फरार भएको खबर प्राप्तहुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा धनगढीउपमहानगरपालिका-७ मनहरास्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस


Techie