छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं,साउन २०

नवलपरासी (पश्चिम), कास्की, रुपन्देही, धनुषा र चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-३ सेखवानास्थित भित्री सडकमा युपि ५६एम ६४३६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बालचन्द दुसाधको छोरा २
बर्षीय कृष्ण दुसाधको सोमबार दिउँसो मृत्यु भएको छ । बाटोमा खेलिरहेको अवस्थामामोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चौपत्ता हुँदै मेडिकल केयर भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, अन्नपूर्ण गाउँपालिका-१० किलुस्थित सडकमा ग।२ च २८१७ नम्बरको जिपसोमबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा जिप चालक मुस्ताङ कुन्जो बस्ने ४० बर्षीय सोम प्रसाद शेरचनको घटनास्थलमै मृत्यु भएको छ ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-२ गढि टोलमा लु।२१ प ३८१२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ४५ बर्षीय सुरेन्द्र केशरीको सोमबार राति मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा, जनकपुर उपमहानगरपालिका-८ बजरंग चोकमा ज।१३ प २०९८ नम्बरकोमोटरसाइकललाई ज।१० प ८२२९ नम्बरको मोटरसाइकलले सोमबार दिउँसो ठक्कर दिँदा ज।१३ प २०९८ नम्बरको मोटरसाइकलका चालक मिथिला बिहारी नगरपालिका-४ कजरा रमौल बस्ने २५ वर्षीय शम्भु कुमार रजकको मृत्यु भएको छ । दुर्घटनामा शम्भु कुमार उछिट्टिएर
ज।१ त ७८४१ नम्बरको ट्याक्टरको चक्कामुनि पुग्दा चक्काले किचेर गम्भीर घाइते भएकाउनको जानकी हेल्थकेयर जनकपुर हुँदै थप उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमैमृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ज।१० प ८२२९ नम्बरको मोटरसाइकलमा सवार २ जनाको जानकी हेल्थकेयर जनकपुरमा उपचार भइरहेको छ । हाल फरार रहेका ट्याक्टर
चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, माडी नगरपालिका-९ बगही बसपार्कस्थित सडकमा ठोरीबाट बसन्तपुरतर्फ जाँदै गरेको ना। ५ ख ६७७९ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने बिजय दुराकी छोरी ६वर्षीया खुस्बु दुराको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीलेनियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस


Techie