मृत अवस्थामा फेला

काठमाडौं,साउन २०

काठमाडौं महानगरपालिका-११ बबरमहल डेरा गरी बस्ने मोरङ घर भएकी २३ वर्षीया सिता थापा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

ललितपुर, ललितपुर महानगरपालिका-२५ भैंसेपाटी फुलबारी मार्ग जाने बाटो नजिकनिर्माणाधिन घरको पहिलो तलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, तुवामाई नगरपालिका-१० पोखरी बाँधस्थित नहरमा भारत घर भएका ४०बर्षीय सोम सतार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, कन्काई नगरपालिका-२ स्थित सन्का खोला छेउको चौरमा सोही नगरपालिका सिम्सार बस्ने ५९ बर्षीय सुरका सोरेन सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कमलगाउँपालिका-७ लालधोन्द्रा बस्ने ६६ बर्षीय सनमान धिमाल आफ्नै घरमा सुतेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।

रामेछाप, गोकुलगंगा गाउँपालिका-१ चुचुरे बस्ने ५५ बर्षीया ठुलो कान्छी गुभाजु सोहीगाउँपालिका-३ धारापानीस्थित खिम्ती खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । साउन ११ गतेदेखि हराई बेपत्ता भएकी उनको खोजतलास गर्ने क्रममा खोलाकोकिनारमा शव फेला परेको हो ।

बैतडी, दोगडाकेदार गाउँपालिका(६ चम्तडीस्थित चौलानी नदीको किनारमा हाल नाम,थर, वतन नखुलेका करिब १२ बर्षीय बालकको शव सोमबार फेला परेको छ ।

नुवाकोट, बिदुर नगरपालिका-४ गणेश मन्दिर टोल बस्ने ५५ वर्षीय पशुपती थपलियाआफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, दंगीशरण गाउँपालिका-७ बस्ने ७२ वर्षीय बिष्णु लाल चौधरी बबई गाउँपालिका(७ ओदालेस्थित बबई नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस


Techie