राखेप सदस्य सचिवमा लामिछानेद्वारा उम्मेदवारी घोषणा

राखेप सदस्य सचिवमा लामिछानेद्वारा उम्मेदवारी घोषणा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदको भावी सदस्यसचिवको लागि अच्युत लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । स्पोर्टस् साइन्समा विद्यावारिधि (पिएचडी) गरेका ४३ वर्षीय लामिछानेले युवा तथा खेलकुद मन्त्रालयमा सदस्यसचिव पदका लागि निवेदन दर्ता गराएका हुन् । अहिलेसम्म सदस्यसचिवका लागि ११ जनाको निवेदन परेकोमा दुई महिला समेत छन् । लामिछाने स्पोर्टस् साइन्समा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् ।

 

उनले दक्षिण कोरियाको योङ इन विश्वविद्यालयवाट स्नातक, स्नाकोत्तर र विद्यावारिधि गरेका छन् । साथै लामिछानेले सन् २०१२ देखि २०१६ सम्म राष्ट्रिय खेलकुद परिषदअन्तर्गत स्पोर्टस् साइन्स एकेडेमी (शान) सातदोबाटोमा खेल विज्ञको रूपमा चार वर्ष कार्य गरिसकेका छन् । लामिछाने तेक्वान्दोका ब्ल्याकबेल्टसहित चार डान पनि हुन् ।

सधै राजनीति हूतक्षेप हुने स्पोर्टस् साइन्स एकेडेमी (शान) मा आवद्ध रहँदा खेलकुदको आधारभूत विकास नभएको र खेलकुदको नीति–सिद्धान्तभित्र रहेर खेलकुदको गतिविधि सञ्चालन नभएको लामिछानेको दाबी छ । सदस्य सचिव भएपछि के गर्ने र के नगर्ने भन्ने आफ्नो स्पष्ट कार्यदिशा सहितको ६५ पेज लामो खाका सहित लामिछानेले उम्मेदवारी दिएका छन् ।


म सदस्यसचिवको लागि योग्य व्यक्ति हुँ, तर म सदस्यसचिव नहुँदा पनि खासै फरक पर्दैन लामिछानेले भने म आफु खेलकुदलाई माया गर्ने व्यक्ति भएकोले यदि म सदस्यसचिवमा चयन नहुँदा पनि राज्यलाई खेलकुदको विकासको लागि काम लागोस भनेर ६५ पेज लामो कार्यपत्र पेश गरेको छु ।

प्रतिकृया दिनुहोस


Techie